भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-१०-११
- A
- A-
- A+
प्युठान, मल्लरानी गाउँपालिका-२ मधुगैराबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही ठाउँ बस्ने ५८ वर्षीय डानक बहादुर सार्कीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौली चुजाठाँटीबाट खटिएको प्रहरीले उनको घर नजिकै तोरीको कुनिऊमा लुकाई छिपाई गरी राखेको अवस्थामा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।