अवैध लागूऔषध सहित १५ जना पक्राउ
२०८२-१०-११
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने ३६ वर्षीय निरोज न्यौपानेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र ००१-००६ ख ७३३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध नोर्फिन ८९ ट्याब्लेट र फेनारागन ६ ट्याब्लेट सहित सोही महानगरपालिका-३२ कोटेश्वर बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २२ वर्षीय विवेक माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका-८ कृष्णमन्दिर घर भएकी ३१ वर्षीया लाली वली योगीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-२४ उन्नती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय २३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुरूषोत्तम सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.४५ प ९६६५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
पर्सा, ठोरी गाउँपालिका-४ बिशाल चोक बस्ने ३४ वर्षीय सुरेश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिकाश परियारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ ठुलोगंगटे पुवालेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय युनेल प्रजा र २९ वर्षीय प्रेम बहादुर प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले युनेलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने २२ वर्षीय छिरिङ लो समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय विनोद ढुङगानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ज ११२१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-२ नयाँबस्ती बस्ने १९ वर्षीय रचित कठरिया चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय राम बहादुर साँउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ हजार ७ सय ३० ट्याब्लेट र नाईट्राजेपाम १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय नबिन तामाङ र ३२ वर्षीय प्रेम जोगी रहेका छन् । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले को. २१ प १४९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।