अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-१०-११
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २५ वर्षीय संगम आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ८८६० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेंटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ४ सय ग्राम सहित सहिदभूमी गाउँपालिका-५ बस्ने १९ वर्षीय रोहन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेंटारबाट खटिएको प्रहरी उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।