प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाट बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका १९ वर्षीय रोहिम तिवारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  

अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ धोबीघाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६ वटा जीवित कछुवा समेत बरामद गरेको छ । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ ।      

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-१०-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् ।  पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा सरललाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-१३

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव बस्ने गुल्मी रूरूक्षेत्र नगरपालिका-२ घर भएकी ३५ वर्षीया ममता कुँवरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा १ लाख ६३ हजार ५ सय रूपैयाँ जरिवाना, ६ हजार ५ सय ४० रूपैयाँ पीडित राहत कोषमा क्षतिपुर्ती जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-१०-१२

कैलाली, आफ्नै श्रीमती ३० वर्षीया हिरा दाहालको हत्या गरेको अभियोगमा धनगढी उपमहानगरपालिका-१३ राजपुर डेरा गरी बस्ने सोही उपमहानगरपालिका-८ घर भएका सतिङ दाहाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ  । घरायसी बादबिबादको क्रममा सतिङले कुटपिट गर्दा गम्भीर घाइते भएकी हिराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले सेती प्रादेशिक अस्पताल नजिकबाट सतिङलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अजरबैजान पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१०-१२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३१ बस्ने भोजपुर हतुवागढी गाउँपालिका-९ घर भएका ५९ वर्षीय महेन्द्र विश्वकर्मालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महेन्द्रले अजरबैजान पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३२ बाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

पर्वतारोहण/ ट्रेकिङ्ग क्षेत्रमा भएको Fake Rescue मा संलग्न ६ जना व्यक्तिहरू पक्राउ
२०८२-१०-१२

काठमाडौं, नेपालको उच्च हिमाली क्षेत्रमा पदयात्राका क्रममा स्वास्थ्य समस्यामा परेका विदेशी पर्यटकहरूको उद्दार गरेको देखाई बीमा रकम दाबी गरी गैह्रकानूनी रूपमा आर्थिक लाभ प्राप्त गरेको अभियोगमा ६ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा माउण्टेन रेस्क्यु सर्भिस प्रालिका अध्यक्ष काठमाडौं टोखा नगरपालिका-८ धापासी बस्ने चितवन रत्ननगर नगरपालिका-१ घर भएका ४७ वर्षीय जयराम रिमाल ‍तथा सोही प्रालिका मेनेजर चितवन राप्ती नगरपालिका-५ घर भएका ३२ वर्षीय विवेक पाण्डे, एभरेष्ट एक्सपेरियन्स एण्ड एसिस्टेन्स प्रालिका अध्यक्ष ललितपुर गोदावरी नगरपालिका-९ बस्ने ४२ वर्षीय मुक्ति पाण्डे तथा सोही प्रालिका अपरेशन डिपार्टमेन्ट प्रमुख सोही नगरपालिका-९ बस्ने ४६ वर्षीय सुवास केसी र नेपाल चार्टर सर्भिस प्रालिका अध्यक्ष धादिङ गंगाजमुना गाउँपालिका-५ घर भएका ३९ वर्षीय रबिन्द्र अधिकारी तथा सोही प्रालिका अपरेशन मेनेजर काठमाडौं महानगरपालिका-१६ बस्ने ३९ वर्षीय विवेक थपलिया रहेका छन् ।प्रारम्भिक अनुसन्धानको क्रममा नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण तथा विमानस्थलमा रहेका अभिलेख विवरण कीर्ते गर्ने गरेको, उद्दार गरिएको भनिएका विदेशी पर्यटकहरूलाई अनिवार्य रूपमा इन्स्योरेन्स पोलिसीमा उल्लेख भएको शर्त बमोजिम काठमाडौं स्थित विभिन्न अस्पतालमा उपचार गरेको देखाई उपचारका बिल समेतका कागजातहरू तयार गरी/गराई उद्दार गरिएको व्यक्तिको नामको बीमा रकमको झुठ्ठा दाबी गरेको खुल्न आएको छ ।उनीहरू उपर राष्ट्रहित प्रतिकूल काम गर्न नहुने समेतका कसूरहरूमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८२-१०-०९

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा कागेश्वरी मनोहरा नगरपालिका-९ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-१ घर भएका ३१ वर्षीय रोज बहादुर श्रेष्ठलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।  रोज बहादुरले कुक आइसल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई कागेश्वरी मनोहरा नगरपालिका-७ बाट पक्राउ गरेको हो ।  उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।