प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ

२०८२-१०-१३

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-१ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने दार्चुला घर भएका २९ वर्षीय सुरेन्द्र सिंह कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी चितवन, खैरहनी नगरपालिका-९ पिपरा बस्ने २१ वर्षीय अर्जुन घलानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ४५ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । 

यसैगरी चितवन, कालिका नगरपालिका-४ छिमेकी टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ४६ वर्षीय बसन्तराज गोतामे र इच्छाकामना गाउँपालिका-१ बस्ने ५० वर्षीय तिलकराज गिरी रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो । 

कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बझाङ जयपृथ्वी नगरपालिका-३ बस्ने २६ वर्षीय दिनेश बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ६७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१० तिल्केनीटोल बस्ने २३ वर्षीया ऐश्वर्या बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय अमित राना र २० वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राम नारायण रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ३५ वर्षीया जैतुन खातुन समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम र नगद ९० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जैतुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९० किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा चौबीसे गाउँपालिका-७ बस्ने २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट सखुवागाछी समेतबाट खटिएको प्रहरीले को.२ ह ६१२५ नम्बरको अटोलाई तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक साजन र अटोमा सवार गगनलाई पक्राउ गरेको हो । 

बाँके, कोहलपुर नगरपालिका-११ थारूगाउँ बस्ने २५ वर्षीय सुदिप थारू समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ बस्ने २५ वर्षीय गोपाल रोकाबाट लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले गोपालको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बासुदेव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-१९ बस्तिपुर बस्ने ५३ वर्षीय चन्द्र लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले कुवापानीबाट बस्तीपुरतर्फ आउँदै गरेको ना.२ ह २६२९ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक चन्द्रलाई पक्राउ गरेको हो ।  

झापा, दमक नगरपालिका-५ स्थित न्यू अनुसा खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १५ ट्याब्लेट, स्पास्पेन ६ सय ट्याब्लेट र डिकोलिक १ सय १५ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही खाजा घरका संचालक अमित मगर, दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय मिन कुमार धिमाल र सोही नगरपालिका-९ बरगाछी बस्ने १९ वर्षीय निरन्जन विश्वकर्मा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प ९४०५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-१०-१२

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय ६० मिलिग्राम सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं डल्लु बस्ने काभ्रे घर भएका २९ वर्षीय अनिल तामाङ र काठमाडौं गोलढुङ्गा बस्ने १९ वर्षीया मुना गुरूङ रहेका छन् । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले बा.९० प ४८८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ तिवारीटोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-६ मुलपानी घर भएका २४ वर्षीय सुवाष सुनुवार र मोरङ बेलबारी नगरपालिका-८ घर भएका २७ वर्षीय शेर बहादुर जोगी रहेका छन् । प्रहरी वृत्त बौद्धबाट खटिेएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, इटहरी उपमहानगरपालिका-१९ पटेर्वाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१९ बस्ने १८ वर्षीय किशोरलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । सामुदायिक प्रहरी विट भवानीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका-१३ बाट नियन्त्रित लागूऔषध स्पास्मो ४२ ट्याब्लेट र नाइट्राजेपाम २० ट्याब्लेट सहित सोही नगरपालिका-५ हर्दिया बस्ने २५ वर्षीय मनिष सुचिकारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बाँके, कोहलपुर नगरपालिका-११ एकतानगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने जुम्ला पातारसी गाउँपालिका-७ घर भएका १९ वर्षीय बिपिन थापालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी  पक्राउ गरेको हो ।  मकवानपुर, मकवानपुरगढी गाउँपालिका-४ सामरी चोकबाट अवैध लागूऔषध गाँजा ३ सय ग्राम सहित हेटौंडा उपमहानगरपालिका-१ चौकीटोल बस्ने ३८ वर्षीय सुमन लामिछानेलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले ना.३५ प ८५६४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त गाँजा मकवानपुरगढी गाउँपालिका-४ सामरी बस्ने ७४ वर्षीय बिष्णु लाल रुम्बासँग किनेको भन्ने खुल्न आए पश्चात प्रहरीले बिष्णुको घर तलासी गर्दा अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय २० ग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-७ ठाडाचोक बस्ने २५ वर्षीय मदन ठाडा मगर समेत ५ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ९५ मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले मदनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  पर्सा, वीरगंज महानगरपालिका-१५ कृष्ण प्रणामी चोकस्थित सत्यम होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम २ सय २० मिलिग्राम सहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१५ भेडियाही बस्ने २० वर्षीय सनि सर्राफ, बारा कलैया उपमहानगरपालिका-२ राजदेवी टोल बस्ने १९ वर्षीय अनुराग कुमार सर्राफ र पर्सा विश्रामपुर गाउँपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । वडा प्रहरी कार्यालय श्रीपुर समेतबाट खटिएको प्रहरीले उक्त होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उदयपुर, त्रियुगा नगरपालिका-६ लालपत्ता चोकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र बुप्रेनोर्फिन ५० एम्पुल सहित सोही नगरपालिका-११ बस्ने २६ वर्षीय सविन राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरीले बा.९५ प ६२९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  धनुषा, विदेह नगरपालिका-१ हनुमान चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४९ ग्राम ८ सय १० मिलिग्राम सहित भारत मधुवनी हल्दिया बस्ने २८ वर्षीय गौतम कुमार ठाकुरलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३२ एए ५९९२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   तनहुँ, व्यास नगरपालिका-४ हरिओम टोलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७ एम्पुल, फेनारगरन ४ एम्पुल र बुप्रेनोर्फिन ७ एम्पुल सहित सोही नगरपालिका-४ पानीट्याङ्की बस्ने २४ वर्षीय समिर आलमलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-१०-११

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमान बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित मोरङ सुन्दरहरैंचा नगरपालिका-५ बस्ने २५ वर्षीय संगम आचार्यलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश-०१-००६ ख ८८६० नम्बरको हाइसलाई जाँच गर्ने क्रममा हाइसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेंटार चोकबाट अवैध लागूऔषध गाँजा करिब १३ किलो ४ सय ग्राम सहित सहिदभूमी गाउँपालिका-५ बस्ने १९ वर्षीय रोहन राईलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेंटारबाट खटिएको प्रहरी उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित १५ जना पक्राउ
२०८२-१०-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-३ बस्ने  ३६ वर्षीय निरोज न्यौपानेलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले काँकरभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा. प्र ००१-००६ ख ७३३५ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध नोर्फिन ८९ ट्याब्लेट र फेनारागन ६ ट्याब्लेट सहित सोही महानगरपालिका-३२ कोटेश्‍वर बस्ने सिन्धुली दुधौली नगरपालिका-५ घर भएका २२ वर्षीय विवेक माझीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कोटेश्‍वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।दाङ, तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय ६० मिलिग्राम सहित सोही ठाउँ डेरा गरी बस्ने तुलसीपुर उपमहानगरपालिका-८ कृष्णमन्दिर घर भएकी ३१ वर्षीया लाली वली योगीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।चितवन, भरतपुर महानगरपालिका-२४ उन्नती टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ६ सय २३ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २८ वर्षीय पुरूषोत्तम सुनारलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ना.४५ प ९६६५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पर्सा, ठोरी गाउँपालिका-४ बिशाल चोक बस्ने ३४ वर्षीय सुरेश श्रेष्ठलाई अवैध लागूऔषध गाँजा करिब ५५ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ३ ग्राम ७ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय बिकाश परियारलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७ ठुलोगंगटे पुवालेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ  २ सय मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २४ वर्षीय युनेल प्रजा र २९ वर्षीय प्रेम बहादुर प्रजा रहेका छन् । अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको प्रहरीले युनेलको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ बस्ने २२ वर्षीय छिरिङ लो समेत २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ९ सय ३० मिलिग्राम सहित सोही उपमहानगरपालिका-४ बस्ने २१ वर्षीय विनोद ढुङगानालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र ०३-००१ ज ११२१ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित बर्दिया राजापुर नगरपालिका-२ नयाँबस्ती बस्ने १९ वर्षीय रचित कठरिया चौधरीलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ राधाकृष्ण टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३  वर्षीय राम बहादुर साँउदलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, बराहक्षेत्र नगरपालिका-५ तीनकुनेबाट नियन्त्रित लागूऔषध  ट्रामाडोल ३ हजार ७ सय ३० ट्याब्लेट र नाईट्राजेपाम १ सय ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-१७ बस्ने ३० वर्षीय नबिन तामाङ र ३२ वर्षीय प्रेम जोगी रहेका छन् । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले को. २१ प १४९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-१०

काठमाडौं महानगरपालिका-१६ नेपालटार डेरा गरी बस्ने सोही महानगरपालिका-१६ माछापोखरी घर भएका ३६ वर्षीय माधव शाहीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम ४ सय ५० मिलिग्राम, डिजिटल तराजु १ थान र नगद २ लाख रूपैयाँ सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजु समेतबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-२४ उन्नती टोल बस्ने ३३ वर्षीय सुदिप श्रीपालीलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट र नगद १८ हजार रूपैयाँ सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१७ रंगशालाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय दामोदर केसी र २३ वर्षीय पुजन बुढाथोकी रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-७ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जुम्ला तातोपानी गाउँपालिका-४ घर भई बाँके नेपालगंज उपमहानगरपालिका-१८ बस्ने १९ वर्षीय कमल खत्री र जुम्ला चन्द्रनाथ नगरपालिका-१० गैरागाउँ घर भएका २९ वर्षीय राजुराज न्यौपाने रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ८० मिलिग्राम सहित सोही गाउँपालिका-७ बस्ने बाँसगढी नगरपालिका-८ घर भएका ५२ वर्षीय छोटेलाल चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । उदयपुर, वेलका नगरपालिका-९ साकेलापार्कबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो २ सय ग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ मैनामैनी बस्ने २५ वर्षीय लक्ष्मीपुजन बस्नेत र ३७ वर्षीय भक्त बहादुर थापा रहेका छन् । ट्राफिक प्रहरी पोष्ट रामपुरबाट खटिएको प्रहरीले रामपुरबाट कोठुतर्फ जाँदै गरेको को.३५ प ४९४४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  झापा, अर्जुनधारा नगरपालिका-६ विहानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिन पदार्थ १ ग्राम ५ सय मिलिग्राम सहित बुद्धशान्ती गाउँपालिका-४ बस्ने २४ वर्षीय सुमन लिम्बु समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८२-१०-०९

 मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ फारलाईन सेल्फि रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ६ सय ९० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१२ बस्ने २८ वर्षीय उमेश विक, सोही उपमहानगरपालिका-४ बस्ने ५० वर्षीय देब लामा र राक्सिराङ गाउँपालिका-३ केराबारी बस्ने २९ वर्षीया सिर्जना दोङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले हेटौंडा बजारबाट फारलाईनतर्फ जाँदै गरेको ना.२ ह ९४४ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी अटो चालक देब तथा अटोमा सवार उमेश र सिर्जनालाई पक्राउ गरेको हो । बर्दिया, बाँसगढी नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३१ ग्राम ५ सय ४० मिलिग्राम सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच थाना मिहीपुर्वा बस्ने २१ वर्षीय हर्षित यादव र २२ वर्षीय अंकित कुमार रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले युपि ३२ पिटी ७४१० नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सिराहा, सिरहा नगरपालिका-३ मखनहा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १५ ग्राम ४ सय ८० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१५ सुकचैना बस्ने २० वर्षीय चन्दन कुमार यादव र १९ वर्षीय जितेन्द्र कुमार यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आँउदै गरेको बीआर ३२ एक्स ६९६० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।