प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

स्रोत नखुलेको रकम सहित पक्राउ

२०८२-१०-१७

  • A
  • A-
  • A+
Share

कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट स्रोत नखुलेको भारतीय ५ लाख रूपैयाँ सहित भारत घर भएका ३५ वर्षीय राहुल सिंहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-१०-१४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका-२ बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-३ घर भएका ३८ वर्षीय कृष्णजी थापा, काठमाडौं महानगरपालिका-३१ बस्ने सप्तरी तिलाठी कोईलाडी गाउँपालिका-६ घर भएका २२ वर्षीय अनिल कुमार साह र काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने ललितपुर, ललितपुर महानगरपालिका-१६ घर भएका ३० वर्षीय विवेक भुजेल रहेका छन् ।  पक्राउ मध्ये कृष्णजीले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ, अनिलले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १८ लाख रूपैयाँ र विवेकले युएई पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णजीलाई काठमाडौं तारकेश्वर नगरपालिका-२ बाट र अनिललाई काठमाडौं महानगरपलिका-३१ बाट सोमबार तथा विवेकलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।  

संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ
२०८२-१०-१३

काठमाडौं, संरक्षित वन्यजन्तु जीवित कछुवा खरिद बिक्री गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ललितपुर, ललितपुर महानगरपालिका-३ धोबीघाट बस्ने चितवन भरतपुर महानगरपालिका-१६ घर भएका १९ वर्षीय रोहिम तिवारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।   अवैध रूपमा संरक्षित वन्यजन्तु जीवित कछुवा ओसारपसार गरी खरिद बिक्री गर्न बोकी हिँडेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट खटिएको प्रहरीले उनलाई ललितपुर महानगरपालिका-३ धोबीघाट पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट ६ वटा जीवित कछुवा समेत बरामद गरेको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुरमा बुझाइएको छ ।      

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-१३

काठमाडौं, बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेव बस्ने गुल्मी रूरूक्षेत्र नगरपालिका-२ घर भएकी ३५ वर्षीया ममता कुँवरलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत काठमाडौंको गत वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा १ लाख ६३ हजार ५ सय रूपैयाँ जरिवाना, ६ हजार ५ सय ४० रूपैयाँ पीडित राहत कोषमा क्षतिपुर्ती जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेकी उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ हरहर महादेवबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ । 

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
२०८२-१०-१३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३ बस्ने स्याङ्जा चापाकोट नगरपालिका-९ घर भएका ४४ वर्षीय कृष्ण कुँवर, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका-६ घर भएकी २६ वर्षीया मनिषा अधिकारी, काठमाडौं महानगरपालिका-२६ बस्ने गुल्मी रेसुङ्गा नगरपालिका-६ घर भएका ४८ वर्षीय भक्त प्रसाद मरासिनी र काठमाडौं नागार्जुन नगरपालिका-९ बस्ने चितवन राप्ती नगरपालिका-३ घर भएका २७ वर्षीय सरल आचार्य रहेका छन् ।  पक्राउ मध्ये कृष्णले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, मनिषाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, भक्त प्रसादले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख २५ हजार रूपैयाँ र सरलले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ६२ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कृष्णलाई काठमाडौं महानगरपालिका-३ बाट, मनिषालाई काठमाडौं कागेश्वर मनोहरा नगरपालिका-६ बाट र भक्त प्रसादलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार तथा सरललाई काठमाडौं महानगरपालिका-२६ बाट सोमबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।