प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ

२०८२-१०-१७

  • A
  • A-
  • A+
Share

मोरङ, बेलबारी नगरपालिका-९ डागाबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ट्याब्लेट र स्पास्मो ३ सय ३० ट्याब्लेट सहित सोही ठाउँ डेरा गरी बस्ने सोही नगरपालिका-७ घर भएका २४ वर्षीय मनिष मग्रातीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी डागाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ९० मिलिग्राम सहित लेटाङ नगरपालिका-५ घर भएका ३० वर्षीय मनोज परियारलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको  हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ बिचरोड बस्ने २४ वर्षीय सुशिल गोलेलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ६० मिलिग्राम सहित गए राति प्रहरीले प्रक्राउ गरेको छ । प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ चौखेढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३२ वर्षीय दिनेश खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

कञ्चनपुर, भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने २५ वर्षीय प्रभुराज हमाललाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ७० मिलिग्राम सहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । 

दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ३० मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सल्यान घर भएका २१ वर्षीय भिम प्रकाश बुढामगर र दाङ दंगीशरण गाउँपालिका-१ घर भएका ३२ वर्षीय राम प्रसाद विक रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

सुनसरी, धरान उपहानगरपालिका-१९ लिम्बुनी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय सुजन लिम्बुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

झापा, बिर्तामोड नगरपालिका-४ कालिका नगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही ठाउँ बस्ने ४६ वर्षीय फणिन्द्र विश्‍वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

यसैगरी झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम २ सय ३० मिलिग्राम सहित कमल गाउँपालिका-३ केर्खा बस्ने ३७ वर्षीय राजु ढकाललाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको   छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी झापा, भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय १० मिलिग्राम सहित सोही नगरपालिका-४ करेलाचोक बस्ने ४८ वर्षीय भवानी लिम्बुलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ  । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

भक्तपुर, मध्यपुर थिमी नगरपालिका-३ कौशलटार कुटुटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित भक्तपुर कौशलटार बस्ने दोलखा घर भएका २३ वर्षीय सुमन काफ्लेलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १७ ग्राम ४ सय ९० मिलिग्राम सहित काठमाडौं महानगरपालिका-२६ गोगंबु बस्ने १९ वर्षीय डेविट थापा मगरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले झापाबाट काठमाडौंतर्फ जाँदै बा.५ ख ५९१५ नम्बरको हाईसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यसैगरी सिन्धुली, कमलामाई नगरपालिका-९ भिमानबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३ सय एम्पुल, डाइजेपाम ३ सय एम्पुल र प्रोमेथाजाइन ३ सय एम्पुल सहित महोत्तरी मटिहानी नगरपालिका-८ घर भएका ४५ वर्षीय दिप नारायण साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले जनकपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-००६ ख ६५१३ नम्बरको ईभि हाईसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्‍यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८२-१०-१६

काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-८ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ४ सय ४० मिलिग्राम र तराजु २ थान सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी घर भएका २५ वर्षीया प्रमिला घिमिरे र ५३ वर्षीय प्रेम कुमार राय रहेका छन् । प्रहरी वृत्त बौद्दबाट खटिएको प्रहरीले प्रमिलाको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु सुकुम्बासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ ग्राम ७ सय १० मिलिग्राम सहित सोही महानगपालिका-१६ बालाजु बस्ने गोरखा घर भएका ३४ वर्षीय छिरिङ लामालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि अन्य ६ जना मानिसहरूलाई समेत नियन्त्रणमा लिएको छ ।  मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ९ ग्राम ३ सय ५० मिलिग्राम सहित झापा दमक नगरपालिका-४ बस्ने २९ वर्षीय एलिस कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कास्की, पोखरा महानगरपालिका-८ नालाबेलिचोक बस्ने ३१ वर्षीय सरोज गुरूङलाई नियन्त्रित लागूऔषध नोर्फिन ३२ एम्पुल, डाइजेपाम २५ एम्पुल र फेनारगन ३३ एम्पुल सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ नमुनाचोक बस्ने २४ वर्षीय श्रीकृष्ण विकलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।   कञ्चनपुर, भीमदत्त नगरपालिका-१३ स्थित खाली झुपडीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम ३ सय ७० मिलिग्राम सहित भीमदत्त नगरपालिका-१३ बडैपुर बस्ने २४ वर्षीय प्रदिप लुहार समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सिराहा, सिरहा नगरपालिका-७ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम २ सय २० मिलिग्राम सहित मिर्चैया नगरपालिका-५ बस्ने २७ वर्षीया मनिषा कुमारी मण्डललाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय अरूष दासलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  बारा, परवानीपुर गाउँपालिका-३ बजार चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय ६० मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-३ बसमारी बस्ने २७ वर्षीय म्याक ढुङ्गाना र २६ वर्षीय सुदन रिमाल रहेका छन् । इलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १५ जना पक्राउ
२०८२-१०-१५

काठमाडौं महानगरपालिका-३ तिलिङ्गेटारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ५० मिलिग्राम सहित काठमाडौं जोरपाटी बस्ने धनकुटा घर भएका २१ वर्षीय सुदिप राईलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग तिलिङ्गेटारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, सुन्दरहरैँचा नगरपालिका-६ गछिया बस्ने ३० वर्षीय अनिष मगर समेत ४ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय १४ ट्याब्लेट र स्पास्मो १ सय १४ ट्याब्लेट सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले अनिषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६४ मिलिग्राम सहित सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने २७ वर्षीय सुजन धमलालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको   छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१३ मोहनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २० वर्षीय अजय रानालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कैलाली, बर्दगोरिया गाउँपालिका-२ कुम्भियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय शिशिर बमलाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ त्रिनगर ब्यारलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४ सय मिलिग्राम सहित गोदावरी नगरपालिका-४ बस्ने २५ वर्षीय लोकेन्द्र बोगटीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।सुनसरी, इनरूवा नगरपालिका-९ पोखरीचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय सदानन्द शर्मालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट  साम्बलाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । दाङ, घोराही उपमहानगरपालिका-१४ ढोडेनी टोलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-८ बस्ने २२ वर्षीय दिपेश चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बसपार्कस्थित दंगाली होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१८ दुधरास बस्ने २३ वर्षीय सुदन पुनलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।   कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बिचपट्टी चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भिमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने  ३३ वर्षीय बिबेक कार्की र सोही नगरपालिका-६ ऐठपुर बस्ने ३६ वर्षीय राजकुमार भट्ट रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरीले डिएल ४ सिएएफ ७४९७ नम्बरको कारमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरी बजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित कैलाश गाउँपालिका-६ बस्ने २४ वर्षीय सुजन थोकरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ
२०८२-१०-१४

बाँके, नेपालगंज उपमहानगरपालिका-११ स्थित सिएसटि होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ६१ ग्राम २ सय मिलिग्राम, डिजिटल तराजु १ थान, ५१ हजार १ सय ६० नेपाली रूपैयाँ, १८ हजार भारतीय रूपैयाँ र मोबाइल ४ थान सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिया बढैयाताल गाउँपालिका-५ जगतपुर बस्ने २५ वर्षीय सन्देश थारू र उनकै श्रीमती २३ वर्षीया कनिना थारू रहेका छन् । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको भे.१० प ८२७५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-१४

काठमाडौं, चन्द्रागिरी नगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम, नियन्त्रित लागूऔषध डाईजेपाम ५२ एम्पुल, बुप्रेनोर्फिन २३ एम्पुल, फेनारगन २३ एम्पुल र नगद २५ हजार ४ सय ६५ रूपैयाँ सहित धनकुटा घर बताउने २२ वर्षीय राजु राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५१ ग्राम ९ सय २० मिलिग्राम सहित २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका-१ डेरा गरी बस्ने धनुषा क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर घर भएका ३१ वर्षीय सुनिल कुमार थिङ तामाङ र सर्लाही ईश्वरपुर नगरपालिका-५ बस्ने २८ वर्षीय महमद गफार अंसारी रहेका छन् । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले बर्दिबासबाट सिन्धुलीतर्फ जाँदै गरेको ज.९ प २४१२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-२ गुप्तीपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ८ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय जित बहादुर रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ त्रिशुल चोक डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर भएका २५ वर्षीय दिपक कार्की समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले दिपकको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  चितवन, भरतपुर महानगरपालिका-१२ मिलनचोकबाट अवैध लागूऔषध गाँजा १५ किलोग्राम सहित मकवानपुर राक्सिराङ गाउँपालिका-६ बस्ने ४५ वर्षीय चन्द्रबहादुर प्रजालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढ बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित इटहरी उपमहानगरपालिका-५ बस्ने २० वर्षीया सोनिका तामाङ समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी तिनकुनेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिन्धुली, दुधौली नगरपालिका-११ राजाबासबाट नियन्त्रित लागूऔषध NITZASCEN ३ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय बाल कुमार मगर समेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ  । इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरको हो । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही उपमहानगरपालिका-४ कर्रा बस्ने २८ वर्षीय एन्जल दाहाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ७८२ नम्बरको ईभी गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २२ जना पक्राउ
२०८२-१०-१३

चितवन, माडी नगरपालिका-१ बनकट्टाबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५० ट्याब्लेट सहित सोही नगरपालिका-६ कल्याणपुर बस्ने दार्चुला घर भएका २९ वर्षीय सुरेन्द्र सिंह कार्कीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी चितवन, खैरहनी नगरपालिका-९ पिपरा बस्ने २१ वर्षीय अर्जुन घलानलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ४ सय ४५ ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । यसैगरी चितवन, कालिका नगरपालिका-४ छिमेकी टोलबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-१० बस्ने ४६ वर्षीय बसन्तराज गोतामे र इच्छाकामना गाउँपालिका-१ बस्ने ५० वर्षीय तिलकराज गिरी रहेका छन् । प्रहरी चौकी जुटपानीबाट खटिएको प्रहरीले प्रदेश ३-०३-००२ प २८८३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको   हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ९० मिलिग्राम सहित बझाङ जयपृथ्वी नगरपालिका-३ बस्ने २६ वर्षीय दिनेश बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.७८ प ६७५९ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, भीमदत्त नगरपालिका-११ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय १० मिलिग्राम सहित सोही नगरपालिका-१० तिल्केनीटोल बस्ने २३ वर्षीया ऐश्वर्या बिष्टलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ३० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय अमित राना र २० वर्षीय समिर चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुडाँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-१० सिमलघाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राम नारायण रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडा समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरी, धरान उपमहानगरपालिका-१४ गणेश टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय १८ ट्याब्लेट र स्पास्पेन २ सय ८९ ट्याब्लेट सहित सोही ठाउँ बस्ने १६ वर्षीय किशोरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी विजयपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, इटहरी उपमहानगरपालिका-१७ पकली बस्ने ३५ वर्षीया जैतुन खातुन समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ ग्राम ३ सय ५० मिलिग्राम र नगद ९० हजार रूपैयाँ सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पकली र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जैतुनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  यसैगरी सुनसरी, इनरूवा नगरपालिका-४ बाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ९० किलोग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा चौबीसे गाउँपालिका-७ बस्ने २५ वर्षीय साजन लिम्बु र १९ वर्षीय गगन लिम्बु रहेका छन् । अस्थायी प्रहरी पोष्ट सखुवागाछी समेतबाट खटिएको प्रहरीले को.२ ह ६१२५ नम्बरको अटोलाई तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारी चालक साजन र अटोमा सवार गगनलाई पक्राउ गरेको हो । बाँके, कोहलपुर नगरपालिका-११ थारूगाउँ बस्ने २५ वर्षीय सुदिप थारू समेत ३ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय ९० मिलिग्राम सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले सुदिपको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ सोही नगरपालिका-११ बस्ने २५ वर्षीय गोपाल रोकाबाट लिएको भन्ने खुल्न आएपश्चात प्रहरीले गोपालको कोठा तलासी गर्दा अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ बासुदेव टोलबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोग्राम सहित सोही उपमहानगरपालिका-१९ बस्तिपुर बस्ने ५३ वर्षीय चन्द्र लामालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले कुवापानीबाट बस्तीपुरतर्फ आउँदै गरेको ना.२ ह २६२९ नम्बरको अटोलाई जाँच गर्दा उक्त गाँजा फेला पारी चालक चन्द्रलाई पक्राउ गरेको हो ।  झापा, दमक नगरपालिका-५ स्थित न्यू अनुसा खाजा घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८ सय १५ ट्याब्लेट, स्पास्पेन ६ सय ट्याब्लेट र डिकोलिक १ सय १५ ट्याब्लेट सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही खाजा घरका संचालक अमित मगर, दमक नगरपालिका-५ बस्ने ३५ वर्षीय मिन कुमार धिमाल र सोही नगरपालिका-९ बरगाछी बस्ने १९ वर्षीय निरन्जन विश्वकर्मा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले खाजा घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको मे.३ प ९४०५ नम्बरको स्कुटर समेत बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।