अवैध लागूऔषध सहित दुई जना पक्राउ
२०८२-१०-१८
- A
- A-
- A+
मकवानपुर, हेटौंडा उपमहानगरपलिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ६ सय ८० मिलिग्राम सहित बागलुङ घर भएका १९ वर्षीय बिबेक घर्तिमगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ज ०९२८ नम्बरको इभि गाडीमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
रूपन्देही, सैनामैना नगरपालिका-६ रामापुर कलौनीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-७ बस्ने ४२ वर्षीय हरि खनाललाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।