अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१०-१९
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २७ वर्षीय देउ कुमार माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट अवैध लागूऔषध गाँजा ८ सय ९ ग्राम सहित सोही ठाउँ बस्ने पाँचथर घर भएका ४२ वर्षीय किरण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो
सिराहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१० बस्ने २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिक कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।