चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-२०
- A
- A-
- A+
काठमाडौं, चोरी मुद्दाका फरार प्रतिवादी भक्तपुर चाँगुनारायण नगरपालिका-३ बस्ने इलाम चुलाचुली गाउँपालिका-५ घर भएका ५० वर्षीय भिम बहादुर विश्वकर्मा रसाईलीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंको २०७८ मंसिर २ गतेको फैसलाले उक्त मुद्दामा १ लाख रूपैयाँ जरिवाना, २ हजार ४ सय रूपैयाँ क्षतिपुर्ति र ६ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले भक्तपुर चाँगुनारायण नगरपालिका-३ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ ।