अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२०
- A
- A-
- A+
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सहित मकवानपुर गढी गाउँपालिका-८ डट्खोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको ईभी गाडीलाई जाँच गर्दा गाडीमा सवार श्यामलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ७२ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३२ वर्षीय रियाज अन्सारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्र.२-०२-००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बाँके, खजुरा गाउँपालिका-२ ए गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोहित विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर विमानस्थलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४४ ग्राम ४ सय मिलिग्राम सहित हुम्ला खार्पुनाथ गाउँपालिका-२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । विमानस्थल सुरक्षा गार्ड भद्रपुरबाट खटिएको प्रहरीले यती एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, घोडाघोडी नगरपालिका-१ बेलारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कुँवरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ जालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विशाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका- ३ पिपलाडी बस्ने २६ वर्षीय रिमलाल डगौरा र २५ वर्षीय भुवन सिंह रहेका छन् । इलाका प्रहरी बेलडाँडीबाट खटिएको प्रहरीले बनकुरूवाबाट बैवाहतर्फ आउँदै गरेको म.२ प ८७१५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरैयास्थित जानकी सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ कलुवापुर बस्ने २४ वर्षीय निरज राना र ३२ वर्षीय सुरेन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको सु.प.प्र ०२-००४ प २५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-११ बेली बस्ने २६ वर्षीय दिपेन्द्र चौधरी र सोही उपमहानगरपालिका-६ मटिहारी बस्ने ३३ वर्षीय रमेश मल्ल रहेका छन् । इलाका प्रहरी बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ३३४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।