बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
पर्सा, बैंकिङ कसुर मुदाका फरार प्रतिवादी वीरगंज महानगरपालिका-१९ बस्ने ३२ वर्षीय अनिल कुमार गुप्तालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत पर्साको फैसलाले उक्त मुद्दामा ५ लाख रूपैयाँ जरिवाना, २० हजार रूपैयाँ पीडित राहत कोषमा जम्मा गराउने र ३ दिन कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत पर्सामा पेश गरिएको छ ।