अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१०-२१
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-९ बाङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित कैलारी गाउँपालिका-९ बस्ने २३ वर्षीय उदिप रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका-४ मुडा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ रतनपुत बस्ने २३ वर्षीय उमेश कुमार भट्टलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ५० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने ३० वर्षीय भैरव प्रसाद थारूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ५ सय ६० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने २४ वर्षीय ईश्वर प्रसाद भगत,धनकुटा धनकुटा नगरपालिका-९ बस्ने २६ वर्षीय सुक्दीप राई र सहिदभूमी गाउँपालिका-४ बस्ने २७ वर्षीय साजन राई रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ईश्वरलाई ३ ग्राम ४० मिलिग्राम तथा सुक्दीप र साजनलाई १० ग्राम ५ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित पर्सा जिराभवानी गाउँपालिका-५ बस्ने ५२ वर्षीय राम करण प्रसादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीप तनहुँबाट खटिएको प्रहरीले प्रदेश. ३-०२-००९ प ३२९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
चितवन, खैरहनी नगरपालिका-१० शान्ति बजार बस्ने २१ वर्षीय राजन थापा मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७८ ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-७ पिलाछेबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९२ ट्याब्लेट, स्पास्पेन २ ट्याब्लेट र ट्रामाडोल २५ ट्याब्लेट सहित सोही महानगरपालिका-९ च्यासल बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २५ वर्षीय ओम बहादुर विक समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।