स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३ अधिकारी टोलबाट स्रोत नखुलेको नगद २१ लाख ७६ हजार रूपैयाँ सहित सोही महानगरपालिका-२ मोहरिया टोल बस्ने ३४ वर्षीय तम्रुम पाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलाय कास्कीबाट खटिएको प्रहरीले ग.९ प ८३०७ नम्बरको स्कुटरमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।