अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
चितवन, रत्ननगर नगरपालिका-३ नमुना टोलबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय खेम बहादुर सार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-५ बस्ने ३१ वर्षीय खड्क नारायण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेनस्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४२ मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मोहन बोगटीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बोगटीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने २६ वर्षीय सुशिल विक र सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रकाश विक रहेका छन् । लागूऔषध ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही गाउँपालिका-१ बस्ने ३० वर्षीय नबिन भण्डारी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र अवैध लागूऔषध पोल्याण्ड १ सय ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय विकाश भण्डारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।