स्रोत नखुलेको नगद सहित एक जना पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१ तौलुङ एरियाबाट स्रोत नखुलेको नगद १८ लाख ५० हजार रूपैयाँ सहित काठमाडौं कोटेश्वर बस्ने उदयपुर घर भएका ४५ वर्षीय प्रबिन किसनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।