अवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
ललितपुर, बागमती गाउँपालिका-३ छपेलीबाट अवैध लागूऔषध गाँजा करिब ४ किलोग्राम सहित मकवानपुर भीमफेदी गाउँपालिका-८ धार्के महाविद घर भएका ३६ वर्षीय वुद्ध बहादुर गोलेलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी भट्टेडाँडाबाट खटिएको प्रहरीले बा.४ ख ५५४४ नम्बरको बसमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।