चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८२-१०-२२
- A
- A-
- A+
काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौं सितापाईला बस्ने बाँके नेपालगंज उपमहानगरपालिका-३ घर भएका ४१ वर्षीय प्रेम थारूलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको विभिन्न स्थानहरूमा दिउँसोको समयमा घरमा कोही नभएको मौका पारी नगद, सुन तथा चाँदीका गरगहना चोरी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी उक्त कार्यमा संलग्न उनलाई काठमाडौं नागार्जुन नगरपालिका-६ पुरी गाउँबाट पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट सुन ७ सय ६४ ग्राम ३ सय ५० मिलिग्राम, चाँदी १ किलो १ सय ५९ ग्राम २ सय ६० मिलिग्राम, हिरा १५ ग्राम २ सय ६० मिलिग्राम, नगद १ लाख ६३ हजार ६ सय ५५ रूपैयाँ, विदेशी मुद्राहरू बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।