प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ

२०८२-१०-२३

  • A
  • A-
  • A+
Share

कञ्चनपुर, बेलडाँडी गाउँपालिका-१ स्थित प्रतिक्षालयबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम सहित सोही गाउँपालिका-१ रौलेश्वर टोल बस्ने २० वर्षीय चन्द्र खड्कालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएक प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

ललितपुर, ललितपुर महानगरपालिका-२३ धापाखेल बस्ने २६ वर्षीय मनिष बोलखे समेत ६ जनालाई नियन्त्रित लागूऔषध नाईट्राभेट १५ ट्याब्लेट र ट्रामाडोल २२ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग धापाखेलबाट खटिएको प्रहरीले मनिषको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बुद्धचोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ५ सय ७० ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१ जरूवाटोल डेरा गरी बस्ने पर्सा धोबिनी गाउँपालिका-४ घर भएका १९ वर्षीय विजय सहनी समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

मोरङ, विराटनगर महानगरपालिका-८ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय ६२ ट्याब्लेट र डिकोलिक २ सय ३७ ट्याब्लेट सहित उर्लाबारी नगरपालिका-६ बस्ने १९ वर्षीय बिष्णु पौदारलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । 

सुर्खेत, बीरेन्द्रनगर नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीया ललिता सिंहलाई बिहीबार राति प्रहरीले पक्राउ गरको छ । प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८२-१०-२२

चितवन, रत्ननगर नगरपालिका-३ नमुना टोलबाट अवैध लागूऔषध गाँजा १ किलो २ सय ग्राम र नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७५ ट्याब्लेट सहित सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय खेम बहादुर सार्कीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५० मिलिग्राम सहित सुन्दरहरैचा नगरपालिका-५ बस्ने ३१ वर्षीय खड्क नारायण चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  अछाम, मंगलसेन नगरपालिका-५ मंगलसेनस्थित कारागार सुरक्षा गार्ड अछामको मुल गेटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ४२ मिलिग्राम सहित सोही नगरपालिका-३ बस्ने २८ वर्षीय मोहन बोगटीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले बोगटीलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  झापा, बिर्तामोड नगरपालिका-२ चैतुबारीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ८ सय ३० मिलिग्राम सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-४ बस्ने २६ वर्षीय सुशिल विक र सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय प्रकाश विक रहेका छन् । लागूऔषध ब्यूरो शाखा कार्यालय काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कैलाली, बर्दगोरिया गाउँपालिका-१ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम २५ ट्याब्लेट सहित सोही गाउँपालिका-‍१ बस्ने ३० वर्षीय नबिन भण्डारी समेत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २५ ट्याब्लेट र अवैध लागूऔषध पोल्याण्ड १ सय ग्राम सहित सोही ठाउँ बस्ने ३८ वर्षीय विकाश भण्डारीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-१०-२१

कैलाली, धनगढी उपमहानगरपालिका-९ बाङग्राकटानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित कैलारी गाउँपालिका-९ बस्ने २३ वर्षीय उदिप रानालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कैलाली, बर्दगोरीया गाउँपालिका-४ मुडा बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित सोही गाउँपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित सोही नगरपालिका-९ रतनपुत बस्ने २३ वर्षीय उमेश कुमार भट्टलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाह ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ५० मिलिग्राम सहित बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने ३० वर्षीय भैरव प्रसाद थारूलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।    सुनसरी, कोशी गाउँपालिका-१ र भोक्राहा नरसिंह गाउँपालिका-६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३ ग्राम ५ सय ६० मिलिग्राम सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी सप्तकोशी नगरपालिका-१ बस्ने २४ वर्षीय ईश्वर प्रसाद भगत,धनकुटा धनकुटा नगरपालिका-९ बस्ने २६ वर्षीय सुक्दीप राई र  सहिदभूमी गाउँपालिका-४ बस्ने २७ वर्षीय साजन राई रहेका छन् । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ईश्वरलाई ३ ग्राम ४० मिलिग्राम तथा सुक्दीप र साजनलाई १० ग्राम ५ सय २० मिलिग्राम उक्त पदार्थ सहित पक्राउ गरेको हो । तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ७ सय ५० मिलिग्राम सहित पर्सा जिराभवानी गाउँपालिका-५ बस्ने ५२ वर्षीय राम करण प्रसादलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीप तनहुँबाट खटिएको प्रहरीले प्रदेश. ३-०२-००९ प ३२९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  चितवन, खैरहनी नगरपालिका-१० शान्ति बजार बस्ने २१ वर्षीय राजन थापा मगरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७८ ट्याब्लेट सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  ललितपुर, ललितपुर महानगरपालिका-७ पिलाछेबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ९२ ट्याब्लेट, स्पास्पेन २ ट्याब्लेट र ट्रामाडोल २५ ट्याब्लेट सहित सोही महानगरपालिका-९ च्यासल बस्ने सिन्धुली दुधौली नगरपालिका-६ घर भएका २५ वर्षीय ओम बहादुर विक समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-१०-२०

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्राम सहित मकवानपुर गढी गाउँपालिका-८ डट्खोला बस्ने ४१ वर्षीय श्याम पाख्रिनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश ०३-००१ ज ०६१२ नम्बरको ईभी गाडीलाई जाँच गर्दा गाडीमा सवार श्यामलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । महोत्तरी, बर्दिबास नगरपालिका-१४ बाट नियन्त्रित लागूऔषध स्पास्मो प्रोक्सिभन ७२ ट्याब्लेट र नाइट्राजेपाम ५० ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३२ वर्षीय रियाज अन्सारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बर्दिबास र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले प्र.२-०२-००१ प ६४५१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।बाँके, खजुरा गाउँपालिका-२ ए गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय रोहित विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राधापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो  । झापा, भद्रपुर नगरपालिका-८ स्थित भद्रपुर विमानस्थलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ४४ ग्राम ४ सय मिलिग्राम सहित हुम्ला खार्पुनाथ गाउँपालिका-२ घर भएकी २६ वर्षीया रोशनी बुढालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । विमानस्थल सुरक्षा गार्ड भद्रपुरबाट खटिएको प्रहरीले यती एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं जान लागेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कैलाली, घोडाघोडी नगरपालिका-१ बेलारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने ३० वर्षीय दिनेश कुँवरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-६ जालीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय विशाल चौधरीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । कञ्चनपुर, बेलडाँडी गाउँपालिका-३ बनकुरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका- ३ पिपलाडी बस्ने २६ वर्षीय रिमलाल डगौरा र २५ वर्षीय भुवन सिंह रहेका छन् । इलाका प्रहरी बेलडाँडीबाट खटिएको प्रहरीले बनकुरूवाबाट बैवाहतर्फ आउँदै गरेको म.२ प ८७१५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ पिपरैयास्थित जानकी सामुदायिक वनबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ कलुवापुर बस्ने २४ वर्षीय निरज राना र ३२ वर्षीय सुरेन्द्र राना रहेका छन् । इलाका प्रहरी कार्यालय रैकवार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको  । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको सु.प.प्र ०२-००४ प २५४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-१० जर्सिखल्लाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ४० मिलिग्राम सहित २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-११ बेली बस्ने २६ वर्षीय दिपेन्द्र चौधरी र सोही उपमहानगरपालिका-६ मटिहारी बस्ने ३३ वर्षीय रमेश मल्ल रहेका छन् । इलाका प्रहरी बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.२ प ३३४० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित पाँच जना पक्राउ
२०८२-१०-१९

काठमाडौं, तारकेश्वर नगरपालिका-५ गोलढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन २ सय २६ ग्राम सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी इटहरी उपमहानगरपालिका-१ इटहरी बस्ने २७ वर्षीय सोमित माझी र झापा अर्जुनधारा नगरपालिका-११ बस्ने २७ वर्षीय देउ कुमार माझी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । ललितपुर, ललितपुर महानगरपालिका-१५ सातदोबाटोबाट अवैध लागूऔषध गाँजा ८ सय ९ ग्राम सहित सोही ठाउँ बस्ने पाँचथर घर भएका ४२ वर्षीय किरण राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो  सिराहा, गोलबजार नगरपालिका-४ गोलचक्रबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ७० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढीमाई नगरपालिका-१० बस्ने २० वर्षीय राधे श्याम साह र सोही नगरपालिका-५ बस्ने २४ वर्षीय रितिक कुमार सिंह रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजार र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कसहाबाट गोलबजारतर्फ आउँदै गरेको मधेश प्रदेश ०१-००४ प ९३७३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।