अवैध लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ
२०८२-१०-२३
- A
- A-
- A+
झापा, अर्जुनधारा नगरपालिका-११ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित इलाम, इलाम नगरपालिका-६ बाराबस्ती बस्ने २१ वर्षीय रोमिक श्रेष्ठलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।