स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
२०८२-१०-२४
- A
- A-
- A+
रौतहट, गौर नगरपालिका-३ स्थित सडकबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रूपैयाँ सहित सोही नगरपालिका-१ बस्ने ४४ वर्षीय राकेश प्रसादलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले बिआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।