भरूवा बन्दुक सहित पक्राउ
२०८२-१०-२४
- A
- A-
- A+
हुम्ला, सिमकोट गाउँपालिका-४ बुराउसे बस्ने ७४ वर्षीय कुङगा सुन्दुप लामालाई भरूवा बन्दुक १ थान सहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।