प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

२०८२-१०-२४

  • A
  • A-
  • A+
Share

सोलुखुम्बु, १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा महाकुलुङ गाउँपालिका-२ बस्ने २० वर्षीय योमु सिङ कुलुङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । योमु सिङले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-६ बस्ने २२ वर्षीय प्रचन पाचे मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रचनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित समाचार