जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१०-२८
- A
- A-
- A+
काठमाडौं, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
विकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।