भरूवा बन्दुक सहित दुई जना पक्राउ
२०८२-११-०३
- A
- A-
- A+
तनहुँ, देवघाट गाउँपालिका-४ बाट भरूवा बन्दुक २ थान सहित २ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही गाउँपालिका-४ सार्वाङ बस्ने ४० वर्षीय पुर्ण बहादुर गुरूङ र २४ वर्षीय अर्जुन गुरूङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।