भरूवा बन्दुक सहित एक जना पक्राउ
२०८२-११-०४
- A
- A-
- A+
काभ्रे, पनौती नगरपालिका-६ गणेशथान बस्ने ४६ वर्षीया सुनिता श्रेष्ठलाई भरूवा बन्दुक १ थान सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।