जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-०५
- A
- A-
- A+
सुर्खेत, ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका-१ बस्ने २३ वर्षीय बिमल विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिमलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।