कटुवा पेस्तोल सहित पक्राउ
२०७८-११-०१
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-६ नयाँबस्ती बस्ने २४ वर्षीय मुगालाल माझीलाई १ थान अवैध कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा हतियार छ भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय भद्रपुर र २ नम्बर सशस्त्र प्रहरी गण झापाबाट खटिएको संयुक्त प्रहरीले जाँच गर्नेक्रममा घर बाहिर झोलामा लुकाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।