अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
२०८२-११-०५
- A
- A-
- A+
काठमाडौं, तारकेश्वर नगरपालिका-४ दगुर्नेपानी बस्ने काठमाडौं महानगरपालिका-१६ बाईसधारा घर भएका ३५ वर्षीय प्रताप शाही समेत २ जनालाई नियन्त्रित लागूऔषध फेनारगन २३ एम्पुल, डाईजेपाम २३ एम्पुल, नोर्फिन २३ एम्पुल र नगद १ लाख २ हजार ७ सय ४० रूपैयाँ सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त वालाजुबाट खटिएको प्रहरीले प्रतापको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३६ ग्राम ७ सय ३० मिलिग्राम सहित चिङ्गाड गाउँपालिका-७ बस्ने ४७ वर्षीय ललित चन्दलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएका प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-९ शिव मन्दिर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १४ मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय मिनिष पन्त र २० वर्षीय विवेक कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेत र अस्थायी प्रहरी बिट लाटीकोईलीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको क.प्र.०२-००२ प ३४४२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
सिराहा, लहान नगरपालिका-६ राधा कृष्ण चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ९ सय मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २५ वर्षीय सुमित यादवलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-११ फूलबारी डेरा गरी बस्ने स्याङ्जा घर भएका ३१ वर्षीय सुरज सार्कीलाई नियन्त्रित लागूऔषध डाईजेपाम २३ एम्पुल, फेनारगन २३ एम्पुल र बुप्रेनोर्फिन २३ एम्पुल सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-५ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम ६० ट्याब्लेट र ट्रामाडोल ४ सय ८० ट्याब्लेट सहित सोही उपमहानगरपलिका-१ छोटे बस्ने २२ वर्षीय सुनिल वलीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-३ बस्ने २७ वर्षीय बिबेक गौतमलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिशालनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, कोहलपुर नगरपालिका-१२ गैरी बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित जाजरकोट भेरी नगरपालिका-३ बस्ने १९ वर्षीय आशिष बिक्रम शाही समेत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट चप्परगौडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१५ चुम्लुङपथ बस्ने २४ वर्षीय संदिप लिम्बुलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ५० ट्याब्लेट र डिकोलिक १ सय ७० ट्याब्लेट सहित सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी नयाँ बसपार्कबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-४ महेन्द्रनगर बसपार्कस्थित राजकिरण फेन्सी स्टोरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ३९ एम्पुल, फेनारगन ३४ एम्पुल र बुप्रेनोर्फिन ३२ एम्पुल सहित सोही स्टोरका संचालक भीमदत्त नगरपालिका-६ ऐठपुर बस्ने २७ वर्षीय किरण जोशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर समेतबाट खटिएको प्रहरीले स्टोर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।