करिब १ हजार १ सय १५ किलो गाँजा सहित सुनसरी र पर्साबाट तीन जना पक्राउ
२०८२-११-०५
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-२० बरडाँडाबाट अवैध लागूऔषध गाँजा करिब ९ सय ५५ किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कोल्हवी नगरपालिका-८ बस्ने संदिप कुमार माझी र काठमाडौं चन्द्रागिरी नगरपालिका-८ बस्ने ३३ वर्षीय नगेन्द्र राज श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले चाँदीबजारबाट बिष्णुपादुकातर्फ आउँदै गरेको बागमती प्रदेश-०१-०२७ च ११४३ नम्बरको पिकअप गाडीबाट ३३ वटा पोकामा रहेको करिब ४ सय ९५ किलोग्राम गाँजा फेला पारी चालक संदिप कुमारलाई पक्राउ गरेको हो । यसैगरी बिएसि ३२३६ नम्बरको गाडीबाट २३ वटा पोकामा रहेको करिब ४ सय ६० किलोग्राम गाँजा फेला पारी चालक नगेन्द्र राजलाई पक्राउ गरेको हो ।
पर्सा, पकाहा मैनपुर गाउँपालिका-२ कट्टी बालुवाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब १ सय ६० किलोग्राम सहित काभ्रे घर भएका २२ वर्षीय बुद्धिलाल भोलानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट सुरजहाकट्टी समेतबाट खटिएको प्रहरीले प्रदेश ३-०१-००२ च ५४३२ नम्बरको कारमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।