अवैध लागूऔषध गाँजा सहित तीन जना पक्राउ
२०८२-११-०८
- A
- A-
- A+
काठमाडौं, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब ११ किलो २ सय ७० ग्राम सहित ३ जना भारतीय नागरिकहरूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ४३ वर्षीया SAMEENA AKHTAR BAIG MIRZA, २४ वर्षीय MOHD JUNAID र ४४ वर्षीय AFSANA AMIR HUSSAIN SHAIKH रहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले MOHD JUNAID र SAMEENA AKHTAR BAIG MIRZA लाई करिब ३ किलो ८ सय ७० ग्राम र AFSANA लाई करिब ७ किलो ४ सय ग्राम उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ ।