अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-११-१०
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-२६ गोंगबुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९० ट्याब्लेट सहित नुवाकोट तार्केश्वर गाउँपालिका-५ घर भएका २९ वर्षीय साजन तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नयाँ बसपार्क गोंगबुबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, बराहक्षेत्र नगरपालिका-५ ठुटेचोक बस्ने ३८ वर्षीया लिला राईलाई अवैध लागूऔषध गाँजा ६ किलोग्राम सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
कैलाली, बर्दगोरिया गाउँपालिका-२ बर्दगोरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ८० मिलिग्राम सहित २ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय रमेश बुढा र २४ वर्षीय बिकाश परियार रहेका छन् । इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।