अवैध लागूऔषध गाँजा सहित दुई जना पक्राउ
२०८२-११-११
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-७ मनहरीबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो १ सय ६ ग्राम सहित भारत बेतिया बस्ने ३६ वर्षीया रिना देवी समेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।