गृहमन्त्री ओमप्रकाश अर्यालबाट एआई सेलको उद्घाटन
२०८२-११-११
- A
- A-
- A+
काठमाडौं, गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय नक्सालस्थित Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC) सेलको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ ।
सो अवसरमा गृहमन्त्री अर्यालले उक्त सेलको अवलोकन गर्नुका साथै त्यसबाट सम्पादन हुने काम, प्रयोग र उपयोगीता लगायतका विभिन्न गतिविधि बारेमा जानकारी समेत लिनुभयो ।
उद्घाटन समारोहमा गृहसचिव राजकुमार श्रेष्ठ, प्रहरी महानिरीक्षक दान बहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायतको उपस्थिति रहेको थियो ।
वर्तमान समयमा बढ्दै गइरहेको साइबर अपराध, गलत सूचना तथा मिथ्या सूचना (Misinformation/Disinformation), संगठित आपराधिक सञ्जाल, वित्तीय अपराध, सामाजिक अस्थिरता सिर्जना गर्ने डिजिटल अभियान जस्ता गतिविधिहरूले राष्ट्रिय सुरक्षा, अपराध अनुसन्धान, रोकथाम तथा नियन्त्रणमा थप चुनौती थपिदै गइरहेको अवस्थामा Generative AI, Large Language Models (LLMs), Machine Learning, Predictive Analytics तथा Automation मा आधारित विश्लेषण प्रणालीको प्रयोग बिना अबको सुरक्षा व्यवस्थापन प्रभावकारी हुन नसक्ने परिप्रेक्ष्यमा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत उच्च प्रविधियुक्त, रणनीतिक तथा भविष्य उन्मुख संरचना “Artificial Intelligence and Advanced Analytics Cell (AI-AAC)” स्थापना गरिएको हो ।
कृत्रिम बुद्धिमत्तको संस्थागत अवलम्बन तथा सुदृढीकरण, Proactive Intelligence तथा Early Warning प्रणाली विकास, Cognitive security तथा सूचना-हेरफेर नियन्त्रण, Cyber तथा Digital Crime Intelligence सुदृढीकरण, AI-Assisted Investigation तथा Judicial-Grade Digital Evidence प्रणाली विकास, AI Misused Detection तथा Defensive Capability विकास र Descriptive, Diagnostic, Predictive तथा Analytical प्रणाली विकास तथा विस्तार गर्नु यस सेल स्थापनाका मुख्य उद्देश्यहरू रहेका छन् ।
नेपाल प्रहरीले यस एआई सेलको प्रयोगबाट गलत तथा मिथ्या सूचना (Misinformation/Disinformation) सम्प्रेषण भएको ५ वटा घटनामा संलग्न व्यक्तिहरूलाई बाँके, कञ्चनपुर, सुनसरी, सल्यान र दाङबाट नियन्त्रणमा लिई कानूनी दायरामा ल्याइसकेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘आम नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्दा सचेत हुनु आवश्यक छ । सामाजिक सञ्जालको दुरूपयोगबाट गलत तथा मिथ्या सूचना सम्प्रेषण गर्नेलाई कानूनी दायरामा ल्याउन नेपाल प्रहरी सदैव सक्रिय छ ।’ कानूनको पालना गरी असल नागरिकको परिचय दिन समेत उहाँले सबै आम नागरिकहरूलाई आग्रह गर्नुभयो ।