अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-१२
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-८ तीनकुनेबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ९० ट्याब्लेट र डिकोलिक ५ सय ९० ट्याब्लेट सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैँचा नगरपालिका-४ बस्ने २१ वर्षीय सिजन अधिकारी र तेह्रथुम घर भएका २० वर्षीय नविन कडेल रहेका छन् । अस्थायी प्रहरी चौकी तीनकुनेबाट खटिएको प्रहरीले प्र.१-०२-०५५ प ११३२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, बुद्धशान्ती गाउँपालिका-३ किरात पार्कबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १० मिलिग्राम सहित सोही गाउँपालिका-४ बस्ने २४ वर्षीय सोनम शेर्पालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारे समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.१-०१-००२ ह ६१७ नम्बरको अटो समेत नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।