प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न तीन जना पक्राउ

२०८२-११-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपहरण तथा शरीर बन्धक कसूरमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका-५ घर भएका २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका-८ घर भएका ३६ वर्षीय धनराज बस्नेत र कास्की माछापुच्छ्रे गाउँपालिका-७ घर भएका ४२ वर्षीय शिव बहादुर घर्ती रहेका छन् ।  

काठमाडौं महानगरपालिका-१२ टेकुस्थित शिव बहादुरले संचालन गरेको रोडलाईन प्यालेस होटलमा पीडितलाई बन्धक बनाई कुटपिट गरी घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले पीडितको सकुशल उद्दार गरेको छ ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहिको लागी जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । 

सम्बन्धित समाचार
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ
२०८२-१२-२६

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा मकवानपुर, बकैया गाउँपालिका-१२ बस्ने ३० वर्षीया वास्ना माया योञ्जन, काठमाडौं चन्द्रागिरी नगरपालिका-१४ नैकाप बस्ने २३ वर्षीय आयुष केसी, दोलखा भिमेश्वर नगरपालिका-४ बस्ने ५६ वर्षीया सुष्मा तामाङ र धादिङ थाक्रे गाउँपालिका-७ बस्ने ४२ वर्षीय हरी शम्शेर रायमाझी रहेका छन् । मानव बेचबिखन अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले मायालाई काठमाडौंबाट सोमबार तथा आयुष, सुष्मा र हरीलाई मंगलबार काठमाडौंबाट पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा वास्ना मायाले पीडितलाई विभिन्न प्रलोभन एवम् डर त्रास देखाई ललितपुर ठैब र हरिसिद्दीस्थित खाजाघरमा वेश्यावृत्तिमा लगाएको, आयुषले पीडितलाई हङकङमा होटलमा वेटरको काममा लगाईदिने प्रलोभनमा पारी कम्बोडिया पुर्‍याई डर, धाक देखाई बन्धक बनाई जबरजस्ती अनलाईन स्क्यामको काममा लगाएको खुल्न आएको छ । साथै सुष्मा र हरीले ५ जना नाबालिका र ३ जना महिलालाई विभिन्न प्रलोभन तथा डर त्रास देखाई वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ । पक्राउ मध्ये आयुष, सुष्मा र हरीलाई जिल्ला अदालत काठमाडौंबाट ५ दिन तथा वास्ना मायालाई जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ
२०८२-१२-१९

काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादी अर्घाखाँची शितगंगा नगरपालिका-५ घर भएका ३० वर्षीय शिव बहादुर सारूलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनलाई साउदी अरबबाट फ्लाई दुबाइको उडानद्वारा नेपाल फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको समन्वयमा पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा शिव बहादुरले ह्वाट्सएपमा फोन तथा म्यासेज गरी पीडितलाई आर्थिक प्रलोभनमा पारी २०८१ असोज महिना देखि विभिन्न माध्यमबाट ग्राहकहरू खोजी ग्राहकहरूले भने वमोजिमको होटल तथा कोठामा पठाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको खुल्न आएको छ । उनी उपर मानव बेचबिखनतथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-१२-१९

काठमाडौं, जबरजस्ती वेश्यावृत्तिमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-९ घर भएकी सुकुमाया तामाङ र सोही गाउँपालिका-४ बस्ने ३१ वर्षीय प्रमोद तामाङ रहेका छन् । काठमाडौ मनमैजुस्थित सुकुमायाले संचालन गरेको अशोक खाजाघर र प्रमोदले संचालन गरेको मञ्जुश्री खाजाघरमा पीडितलाई प्रलोभनमा पार्नुका साथै डर त्रास देखाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।  उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस समबन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना पक्राउ
२०८२-१२-०३

कास्की, मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१४ चाउथे बस्ने भारत घर भएका २४ वर्षीय राधे श्याम शाह र पोखरा महानगरपालिका-१ बगर बस्ने बाग्लुङ काठेखोला गाउँपालिका-४ घर भएका २८ वर्षीय खेमु थापा रहेका छन् ।  पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा विभिन्न प्रलोभन देखाई होटलको काममा लगाई दिन्छु भनी पीडित महिलाहरूलाई होटलमा आउने पुरूषहरूबाट रकम लिई जबरजस्ती रात बिताउन लगाउने, अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ । साथै प्रहरीले चार जना पीडितहरूलाई उद्दार गरेको छ । उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न दुई जना पक्राउ
२०८२-०९-२३

मोरङ, मानव बेचबिखन तथा शारीरिक यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा विराटनगर महानगरपालिका-११ रोडसेशस्थित भिन्तुना गीतगजलका संचालक सोही महानगरपलिका-१२ घर भएका ३३ वर्षीय पर्शुराम कामत र सोही गीतगजलमा काम गर्ने सोही महानगरपालिका-८ घर भएका २६ वर्षीय मनिष ठाकुर रहेका छन् । उनीहरूले सोही गजलमा काम गर्ने १६ वर्षीया बालिकालाई भारतीय नागरिहरूसँग यौन क्रियाकलाप गर्न लगाई शारीरिक यातना समेत दिएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले बालिककाको उद्दार समेत गरेको छ । उनीहरूलाई मानव बेचबिखन तथा शरीर बन्धक कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने पाँच जना पक्राउ
२०८२-०९-०३

काठमाडौं, नाबालिकाहरूलाई जबरजस्ती वेश्यावृत्तिको काममा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने ३२ वर्षीय हेमन्त श्रेष्ठ, सिन्धुली दुधौली नगरपालिका-१२ घर भएकी ४० वर्षीया गिता कुमारी आचार्य, सल्यान कुमाख गाउँपालिका-४ घर भएका ४५ वर्षीय गोविन्द बुढाथोकी, बझाङ छबिसपाथीभेरा गाउँपालिका-१ घर भएका ४२ वर्षीय हरिभक्त गिरी र कैलाली गौरीगंगा नगरपालिका-६ घर भएका ४९ वर्षीय भिम बहादुर साउद रहेका छन् । काठमाडौँ उपत्यकामा रहेका विभिन्न डान्सबार, क्लब, खाजाघर, स्पा सेन्टर तथा गेष्ट हाउस लगायत दोहोरी सेन्टरहरूमा नाबालिकाहरूलाई आर्थिक लाभ लिई यौन शोषण र वेश्यावृत्तिमा लगाउने कार्य भइरहेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । साथै प्रहरीले काठमाडौँ ठमेलस्थित गोल्डेन स्पा, चावहिलस्थित फायर लाउन्ज एण्ड क्लव, बौद्धस्थित लक्की स्पा, मित्रनगरस्थित सुदूरपश्चिम खाजा घर र खप्तड सुदूरपश्चिम गेष्ट हाउसबाट ८ जना नाबालिकाहरूलाई उद्धार गरेको छ । उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।