अवैध लागूऔषध सहित तीन जना पक्राउ
२०८२-११-१३
- A
- A-
- A+
धादिङ, १३ फागुन
गजुरी गाउँपालिका-६ आदमघाटबाट अवैध लागूऔषध पोल्याण्ड जस्तो देखिने पदार्थ करिब ७ किलो १० ग्राम सहित गजुरी गाउँपालिका-५ बस्ने २५ वर्षीय अर्जुन तामाङ समेत ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले बा.३ ख ९०९२ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।