अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ९ जना पक्राउ
२०८२-११-१४
- A
- A-
- A+
काठमाडौं, कीर्तिपुर नगरपालिका-१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५५ ट्याब्लेट, स्पास्पेन ८ ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५ ग्राम सहित काठमाडौं बागबजार बस्ने डोटी घर भएका २३ वर्षीय सुवास खड्कालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले बा.प्र.०२-०४४ प ५८०१ नम्बरको स्कुटरमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
इलाम, सुर्योदय नगरपालिका-१० फिक्कल बजारबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय मिलिग्राम सहित सोही नगरपालिका-९ काजीफाट बस्ने २९ वर्षीय बुद्द तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फिक्कलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ निशाने डाँडाबाट अवैध लागूऔषध गाँजा करिब ८७ किलोग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा संखुवासभा चैनपुर नगरपालिका-११ बस्ने २४ वर्षीय रोसन सुवेदी र भोजपुर हतुवागढी गाउँपालिका-३ बस्ने २२ वर्षीय सुबास राई रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८-००१ ख ००९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बसमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम सहित बिर्तामोड नगरपालिका-५ जात्रुबारी बस्ने २९ वर्षीय अर्जुन राजवंशीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-१ बस्ने ३४ वर्षीय रमेश सार्कीलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ६० मिलिग्राम सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी पूर्व, कावासोती नगरपालिका-३ ज्योतिनगर सुकुम्बासी टोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५७ ट्याब्लेट, भोमिन ६० ट्याब्लेट र अवैध लागूऔषध गाँजा करिब ५० ग्राम सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कावासोती नगरपालिका-४ हसौरा बस्ने २६ वर्षीय अर्जुन गुरूङ, १९ वर्षीय मनिस महतो र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय अमन पुन रहेका छन् । उक्त स्थानामा खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.प्र.०४-००१ प ७४०२ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।