जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-११-१५
- A
- A-
- A+
ओखलढुङ्गा, ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सिद्धिचरण नगरपालिका-४ रूम्जाटार बस्ने ६१ वर्षीय दिप बहादुर विकलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
विकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।