अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ११ जना पक्राउ
२०८२-११-१७
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ कलंकी खसिबजारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट, स्पास्पेन १ सय ट्याब्लेट, प्रिग्याब्लिन २ सय ट्याब्लेट र टापेन्टाडोल ५० ट्याब्लेट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं नैकाप बस्ने महोत्तरी घर भएका २८ वर्षीय रूपेश कुमार राउत र रौतहट चन्द्रपुर घर भएका २२ वर्षीय दानिस मगर रहेका छन् । प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले बा.६० प २४०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-२ भासीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय १० मिलिग्राम सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका-१ बस्ने २३ वर्षीय बाल चन्द्र धामी र भिमदत्त नगरपालिका-४ बस्ने २१ वर्षीय अभिषेक चन्द रहेका छन् । अस्थायी प्रहरी पोष्ट भासीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-८ खजुवा टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ९ सय १० मिलिग्राम सहित कृष्णपुर नगरपालिका-२ वाणी बस्ने २६ वर्षीय दिपक भट्ट समेत ३ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पचुइबाट खटिएको प्रहरीले सु.प.प्र. ०१-०१० प ७८८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, थाहा नगरपालिका-२ अंगारेबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १२ ट्याब्लेट, स्पाईन ३० ट्याब्लेट, ट्रामाडोल ३० ट्याब्लेट, स्ट्यागन १० ट्याब्लेट र नगद ३३ हजार १ सय ९० रूपैयाँ सहित थाहा नगरपालिका-२ ईन्द्रायणीबस्ती देउलाटोल बस्ने २५ वर्षीय सागर देउलालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले बा.३१ प ३३३४ नम्बरको मोटरसाइकल चालक देउलालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-९ बल्मीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम सहित गौरीगंगा नगरपालिका-९ बल्मी बस्ने ३२ वर्षीय सञ्जय चौधरीलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सप्तरी, बलान बिहुल गाउँपालिका-२ दिगिया बस्ने ४५ वर्षीय किशुन देव यादव समेत २ जनालाई अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ करिब ५८ किलो ८ सय ग्राम सहित गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले किशुनको निर्माणाधिन घरबाट उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।