श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
२०८२-११-१८
- A
- A-
- A+
सिन्धुली, आफ्नै श्रीमती ४६ वर्षीया रिता राईको हत्या गरेको अभियोगमा हरिहरपुरगढी गाउँपालिका-३ रानीपानी बस्ने ४५ वर्षीय जिते भन्ने बिर बहादुर राईलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै घरमा बिर बहादुरले बन्चरो प्रहार गर्दा रिताको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हरिहरपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।