भरूवा बन्दुक सहित पक्राउ
२०८२-११-२०
- A
- A-
- A+
धनकुटा, साँगुरीगढी गाउँपालिका-१ बस्ने ३१ वर्षीय सेतुलाल विकलाई एकनाले भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुक सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।