जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ
२०८२-११-२४
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-१९ अकलादेवी डेरा गरी बस्ने सोही महानगरपालिका-१९ लामाचौर घर भएका ३० वर्षीय लक्षु थापाको कोठामा जुवातास खेलिरहेको अवस्थामा थापा समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९९ हजार ८ सय ५५ रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।