अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-११-२५
- A
- A-
- A+
सुनसरी, इटहरी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ४सय मिलिग्राम सहित धरान उपमहानगरपालिका-२० बस्ने ३३ वर्षीय अर्जुन राईलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।