नियन्त्रित लागूऔषध सहित पक्राउ
२०७८-११-०२
- A
- A-
- A+
पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट भारत मोतिहारी भुलाही रामगढ्वा बस्ने २२ वर्षीय जगत कुमार कुशवाहलाई नियन्त्रित लागूऔषध १ सय एम्पुल नुर्फिन, १ सय एम्पुल डाईजेपाम र १ सय एम्पुल प्रोमाथाजेन सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.५ ख ४६०४ नम्बरको बसलाई प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार कुशवाहालाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।