अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ
२०८२-११-२७
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८८ ग्राम सहित धनकुटा महालक्ष्मी नगरपालिका-७ बस्ने ३० वर्षीया सबिना अधिकारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले राजबिराजबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र ००१-००६ ख ७४२० नम्बरको बसलाई जाँच गर्दा बसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।