अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ६ जना पक्राउ
२०८२-११-२८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय १० ग्राम ८ सय ४० मिलिग्राम सहित २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ बेलबारी नगरपालिका-५ बस्ने २२ वर्षीय सरोज लावती र २२ वर्षीय सुगम कार्की रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१३ फुस्रेबाट अवैध लागूऔषध गाँजा करिब ३० किलोग्राम सहित संखुवासभा सिलिचोङ गाउँपालिका-४ बस्ने २० वर्षीय सन्दिप राईलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर समेतबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौँडा उपमहानगरपालिका-१६ घ्याम्पेडाँडाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय ५० मिलिग्राम सहित सोही उपमहानगरपालिका-१६ घ्याम्पेडाँडा बस्ने ३८ वर्षीय हरि रानालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-११ जनवार चोकबाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय २० ट्याब्लेट र ट्रामाडोल ५८ ट्याब्लेट सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शान्तीनगर गाउँपालिका-५ कासीपुर बस्ने २३ वर्षीय भिम बहादुर सुनार र सोही उपमहानगरपालिका-६ गिधनिया बस्ने २२ वर्षीय धन बहादुर विक रहेका छन् । प्रहरी चौकी उरहरी जसपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।