विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-११-३०
- A
- A-
- A+
काठमाडौं, विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन अन्तर्गत कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-४ सुकेधारा बस्ने झापा गौरादह नगरपालिका-५ घर भएका ४३ वर्षीय रविरत्न चुडाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-४ सुकेधाराबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलाका प्रहरी कार्यालय धरान, सुनसरी पठाइएको छ ।