जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
२०८२-१२-०२
- A
- A-
- A+
संखुवासभा, १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चैनपुर नगरपालिका-३ बस्ने २० वर्षीय दावा शेर्पालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । शेर्पाले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुर, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका-५ भोर्ले बस्ने ३५ वर्षीय भेष बहादुर श्रेष्ठलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । भेष बहादुरले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।