जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ
२०८२-१२-०४
- A
- A-
- A+
सर्लाही, लालबन्दी नगरपालिका-१६ परवानीपुरबाट जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१६ बस्ने ४३ वर्षीय सन्तोष केसी समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८४ हजार रूपैयाँ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१४ स्वर्गद्वारी टोलस्थित पसल संचालन गरी बस्ने गढवा गाउँपालिका-८ कोईलाबास घर भएका ३५ वर्षीय अतिकुर रहमान फारूकीको पसलमा जुवातास खेलिरहेको अवस्थामा अतिकुर समेत ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७९ हजार ९ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।